काठमाडौं । स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता गरेकी हुन् ।
उनले अझै पनि अस्पतालमा आउने विरामीहरुको केहि गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिइन् । अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न उनले ध्यानाकर्षण गराइन् । मन्त्री गौतमले दरवन्दीको समस्या समेत समाधान गरिने उल्लेख गरिन् ।
सो क्रममा वीर अस्पतालका अधिकारीहरुले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसियु र एचडियुमा ११० वेडको व्यवस्था गरिएको जानकारी गराएका थिए । उनीहरुले अझै पनि अस्पतालमा जनशक्तिको अभाव भएको गुनासो गरेका थिए ।
स्वास्थ्यमन्त्री शर्माले बीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिदै केहि बिरामीका गुनासा पनि सुनेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस