२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बारा जान लागेपछि बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनावग्रस्त भएपछि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी हुन् ।

बैठकले बाराको सिमरामा उत्पन्न तनाव, एमालेले काठमाडौंमा गर्न लागेको जनप्रदर्शन साथै समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्ने बताइएको छ ।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री एवं सुरक्षा निकायका प्रमुखहरू उपस्थित छन् । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

जेनजी युवाहरूले बुधबार सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । बुधबार साँझ ८ बजेसम्म कर्फ्यु लगाइएको थियो । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ