काठमाडौं । सिजी ब्रान्डको “दसैं–तिहार योजना” अन्तर्गत सञ्चालन भएको “स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र” को विजेता घोषणा गरिएको छ। यसपटक झापा, बिर्तामोडका केशव खनाल विजेता बन्न सफल भएका छन्।
विजेता खनाललाई कम्पनीले एक विशेष कार्यक्रमका बीच ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक प्रदान गरेको जनाएको छ। चौधरी ग्रुप परिवारले खनाललाई बधाईसहित आगामी दिनमा पनि सिजी उत्पादनप्रति निरन्तर भरोसा राख्ने अपेक्षा व्यक्त गरेको छ।
सिजी स्मल होम एप्लायन्सेसस् नेपाली परिवारको भरोसा
नेपाली उपभोक्तालाई सहज र सरल जीवनशैली प्रदान गर्ने उद्देश्यले सिजी ब्रान्डले लामो समयदेखि मिक्सर–ग्राइन्डर, जुसर, ब्लेन्डर, कुकर, इन्डक्शन चुलो, फ्यान, हिटर, भ्याकुम क्लिनर, इलेक्ट्रिक केतली, टोस्टर, ग्रिलर र कफी मेकरलगायतका साना घरायसी उपकरणहरू उपलब्ध गराउँदै आएको छ। यी उपकरणहरू सुपथ मूल्य, आकर्षक डिजाइन र दीर्घकालीन गुणस्तरसहित बजारमा बिक्री हुँदै आएका छन्।
सिजी उपकरणका प्रमुख विशेषताः
- अत्याधुनिक तथा ऊर्जा–दक्ष प्रविधि
- नेपाली भान्सा र जीवनशैलीअनुसारको डिजाइन
- नेपालभर फैलिएको सेवा नेटवर्क
- आकर्षक अफर र उपहार योजनाहरू
- तीन दशकभन्दा लामो ब्रान्ड विश्वसनीयता
४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निभाउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभरका २० आधुनिक शोरुम र ४० सेवा केन्द्रमार्फत ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ। साथै, आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सुविधा पनि उपलब्ध छ।
कम्पनीका अनुसार, छिटो, भरपर्दो र दक्ष सेवा प्रदान गर्ने लक्ष्यसँग अघि बढ्दै आएको सिजी ब्रान्ड नेपाली उपभोक्ताबीच गुणस्तर र विश्वासको पर्याय बन्दै आएको छ।
प्रतिक्रिया दिनुहोस