२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नेपाल पत्रकार महासंघ जापानमा नयाँ नेतृत्व, अध्यक्षमा श्रेष्ठ, सचिवमा लामिछाने

सोमवार , मंसिर ८, २०८२

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनले आगामी ३ वर्षका लागि रबिन्द्र श्रेष्ठ गोर्खालीलाई अध्यक्षमा चयन गरेको छ। आइतबार टोकियोमा सम्पन्न भएको मतदानमा नेपाल सन्देश डटकमका प्रधानसम्पादक रहे­का श्रेष्ठ ४४ मतसहित विजयी बने।

शाखाका ८६ सदस्यमध्ये ७७ मत खसेको मतदानमा श्रेष्ठका प्रतिस्पर्धी राजन गौतमले ३२ मत प्राप्त गरे। अघिल्लो कार्यसमितिमा श्रेष्ठ उपाध्यक्ष र गौतम सचिवका रूपमा कार्यरत थिए।

खुला उपाध्यक्षमा मनिषा चौलागाई ३० मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी गोकर्ण अधिकारीले २८ मत र विनोद सापकोटाले १९ मत पाए। महिला उपाध्यक्षमा लक्ष्मी पौडेल ४५ मतसहित विजयी भइन् भने उनका प्रतिस्पर्धी सजिना मोक्तानले ३२ मत प्राप्त गरिन्।

सचिवमा अर्जुन लामिछाने ४५ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी विश्वास आचार्यले ३२ मत पाए। अन्य पद भने सर्वसम्मत रूपमा चयन गरिएको थियो।

सह–सचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्षमा भुलबहादुर राना निशान चयन भए।

यस्तै सदस्यमा दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी र विनोद ढकाल सर्वसम्मत रूपमा मनोनयन गरिए।

नयाँ नेतृत्वले जापानस्थित नेपाली पत्रकारितालाई अझै सक्षम, संयमित र जिम्मेवार बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट