काठमाडौं । सन्फ्लावर स्पेक्ट्रमद्वारा प्रस्तुत ‘एआइडीए २०२५’: ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि एआई’ विषयक Technology Hackathon नेपालमा पहिलो पटक आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि देशको पहिलो राष्ट्रिय एआइ ह्याकाथन, एआइडीए २०२५ यसै हप्ता सम्पन्न गर्दै नेपालले समावेशी नवप्रवर्तनमा एउटा महत्त्वपूर्ण कदम अगाडि बढाएको छ।
प्रतीक इनोभेसन्स द्वारा आयोजित तथा सनफ्लावर स्पेक्ट्रम बाइ आरएक्सपिन (Sunflower Spectrum by RxPIN) द्वारा प्रस्तुत उक्त कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सुधार ल्याउने,थप सहभागी र सुसूचित समाज प्रवर्द्धन गर्ने एआइ (Artificial Intelligence) सञ्चालित समाधानहरूको विकासको साझा उद्देश्यका साथ युवा इन्जिनियरहरू, अपाङ्गता सचेतना कर्मीहरू र शिक्षकहरूलाई एक ठाउँमा भेला गरायो।

नेपालभरबाट ५८ भन्दा बढी आवेदनहरू प्राप्त भएका थिए। जसमध्ये प्रतिस्पर्धीको रूपमा उत्कृष्ट सात टोलीहरूलाई उनीहरूको विचार, प्राविधिक प्रतिबद्धता र दीर्घकालीन योजनाहरूको आधारमा छनोट गरियो। तीनजना अपाङ्गता भएका व्यक्तिहरू र लगभग ४० प्रतिशत महिलाहरूको सहभागीले वर्षको सबैभन्दा समावेशी प्राविधिक कार्यक्रमहरू मध्ये एक बनाएको थियो।
सहभागीहरूले Smart Mobility and Communication (स्मार्ट गतिशीलता र सञ्चार), AI for Autism (अटिजम र आर्टिफिशियल इंटेलिजेंस) , Digital Caregiver Systems (डिजिटल हेरचाहकर्ता प्रणाली) र Education Technologies for Hearing and Speech-impaired Learners (श्रवण र वाक्-अशक्त सिकारुहरूका लागि शिक्षा प्रविधि) का चार क्षेत्रमा प्रोटोटाइप विकास गरेका थिए ।

सहभागीहरू द्वारा प्रस्तुत प्रविधिहरूमा सम्बन्धित क्षेत्रका प्रशिक्षक र सल्लाहकारहरू द्वारा उनीहरूका विचार वास्तविकता र आवश्यकतामा आधारित छन् भन्ने सुनिश्चित गर्दै थप मार्गदर्शन प्रदान गरिएको थियो।
७२ घण्टाको आवासीय चरणभन्दा अघि, टोलीहरूले एउटा राष्ट्रिय भर्चुअल आइडियाथनमा भाग लिएका थिए। मोनल टेक, दियो एआई, एनएपीडी नेपाल, काठमाडौं महानगरपालिका र किङ्गस् कलेजका निर्णायकहरूद्वारा समस्याको स्पष्टता, सामाजिक प्रभाव, टोलीको क्षमता र कार्यान्वयनको सम्भाव्यताका आधारमा उनीहरूका प्रविष्टिहरूको मूल्याङ्कन गरिएको थियो।

त्यसपछि, छानिएका शीर्ष सात टोलीहरूले सनवे कलेजमा ३६ घण्टा बिताई आफ्ना प्रोटोटाइपहरू (नमुना) निर्माण गरेका थिए, जसमध्ये धेरै परियोजनाहरू पछि आईसीटी अवार्ड २०२५ स्टार्टअप र आइडियाफेस्टमा प्रदर्शन गरिएका थिए।
नोभेम्बर १५ मा सम्पन्न उक्त कार्यक्रमको निर्णायक मण्डलमा KUSOED-MISNE बाट सरिता खड्का, वन पोइन्टबाट विकास नाहटा, काठमाडौं विश्वविद्यालय (AI) बाट मनोज शाक्य, Leapfrog बाट Innovation Director अंकुर शर्मा र RxPIN Spectrum Pathways का संस्थापक ध्रुव अधिकारी लगायतका विविध क्षेत्रका विज्ञहरू थिए।
समारोहको समापनमा, Think AI ले प्रथम स्थानसहित रु. ५०,००० नगद पुरस्कार जित्यो। Mission Chaurasi र Access Code क्रमशः पहिलो र दोस्रो रनर-अप बने, भने Team Synaptic ले उत्कृष्ट नवप्रवर्तन (Best Innovation) पुरस्कार प्राप्त गर्यो।

RxPIN द्वारा विकसित Sunflower Spectrum, न्यूरोडाइवर्जेन्ट व्यक्तिहरू (विशेष गरी अटिजम भएका) को समावेशिता र जनचेतना बढाउने मञ्च हो। AIDA २०२५ मा उनीहरूको सहभागिता नेपालका भविष्यका आविष्कारकहरूलाई अपाङ्गता समावेशिताको महत्त्वबारे सचेत गराउनु थियो।
RxPIN का संस्थापक ध्रुव अधिकारीले युवाहरूलाई सचेत बनाउनु मुख्य लक्ष्य रहेको र कार्यक्रमले सकारात्मक परिवर्तन ल्याएकोमा विश्वास व्यक्त गर्दै सचेतना र नवप्रवर्तनको दीर्घकालिक महत्त्वमा जोड दिएका थिए।

प्रतियोगिताको समापनपछि, शीर्ष १६ टोलीहरूलाई परामर्श र अनुसन्धान सहकार्यको अवसरसहित दिगो सहायक प्राविधिक उद्यमका लागि Incubation प्रक्रियामा सामेल गरिनेछ। Event Director जतिन भुसालले AIDA कार्यक्रम हरेक वर्ष आयोजना हुने जानकारी दिए।
Sunflower Spectrum ले २०२६ मा अन्तर्राष्ट्रिय सम्मेलन “AI for People with Disabilities” आयोजना गर्ने प्रारम्भिक अवधारणा पनि बताएको छ। AIDA २०२५ ले नेपाललाई समावेशी प्रविधिको मानक स्थापित गर्न जिम्मेवारी, सृजनात्मकता र सहानुभूतिका साथ तयार रहेको देखाउँछ।






प्रतिक्रिया दिनुहोस