२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

ओसाका, नागोया र टोकियोमा नयाँ वर्ष विशेष साङ्गीतिक कार्यक्रम गर्दै गल्कोट समाज जापान

बिहिवार , मंसिर ११, २०८२

जापान । गल्कोट समाज जापानले आगामी अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ओसाका, नागोया र टोकियोमा ‘साङ्गीतिक श्रृङ्खला–२०२६’ कार्यक्रम आयोजना गर्ने भएको छ।

“हाम्रो गाउँ, हाम्रो ठाउँ—हातेमालो गरी समृद्धि गराऔँ” भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस कार्यक्रमले जापानमा रहेका गल्कोटेहरूबीच सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखिएको अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिएका छन्।

सन् २००६ मा स्थापना भएको यो गैर–नाफामुखी संस्था गल्कोट क्षेत्र तथा नेपालका विभिन्न जिल्लामा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय र वातावरणीय क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको सक्रिय संगठन मानिन्छ। मनोरञ्जन मात्र नभई जन्मभूमिको उज्यालो भविष्यका लागि जीवनोपयोगी लगानी गर्ने अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिन लागेको आयोजकहरूको भनाइ छ। डिसेम्बर ३१ मा ओसाका, जनवरी १ मा नागोया र जनवरी २ मा टोकियोमा कार्यक्रम हुने जानकारी दिँदै संयोजक दिल ब. थापा (रामु) ले “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” यस वर्षको मुख्य नारा रहेको बताए।

कार्यविभाजनअनुसार मुख्य संयोजकमा दिल ब. थापा (रामु), उप–संयोजक डिला गैरे, सांस्कृतिक संयोजक लोकेश खत्री, आर्थिक संयोजक महेन्द्र साहानी, प्रचार–प्रसार संयोजक दिलीप कंडेल, टोकियो संयोजक लक्ष्मण कार्की, नागोया संयोजक राम थापा काजी तथा ओसाका संयोजक नारायण थापा रहने गरी समिति गठन गरिएको महासचिव दिलीप कंडेलले बताए। आर्थिक संयोजक महेन्द्र साहानीका अनुसार, विगतझैँ यस वर्ष पनि संकलित रकम शिक्षा, स्वास्थ्य र खेलकुदजस्ता सामाजिक क्षेत्रमा खर्च गरिनेछ।

दुई दशकदेखि सामाजिक सेवामा सक्रिय गल्कोट समाज जापानले ‘साङ्गीतिक धमाका–२०२६’ मार्फत सेवा अभियानमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै जापानभरका नेपाली, संघ–संस्था, क्लब तथा क्षेत्रीय समाजलाई कार्यक्रमका मितिहरूमा अन्य कार्यक्रम नजुधाइदिन आग्रह गरेको छ। साथै, ओसाका, नागोया वा टोकियोमध्ये अनुकूल स्थानमा आर्थिक, नैतिक, भौतिक तथा उपस्थितिमूलक सहयोगका लागि संस्थाका प्रवक्ता सन्तोष पुनले जापानबासी सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट