२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दामा आज पेशी

बिहिवार , मंसिर ११, २०८२

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा दोषीका रूपमा अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइका लागि पुनः पेशी तोकिएको छ ।

गत साता लामिछाने पक्षका कानुन व्यवसायीले स्थगनको निवेदन दिएपछि रोकिएको यो मुद्दा फेरि अघि बढ्न लागेको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार, “स्थगित मुद्दामा आज पेसी तोकिएको छ, अब के हुने हो, अदालतको निर्णयले बताउनेछ।”

यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेले बिगो रकम बुझाएको कागजात प्रस्तुत गरे पनि थप स्पष्टता आवश्यक रहेको ठहर गर्दै साउन २६ गते जमानतयाचना अस्वीकार गरेको थियो। त्यसपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन गरेका हुन्।

अभियोगपत्रअनुसार सुप्रिम सहकारी प्रकरणमा प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो तोकिएको छ। तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लमिछानेले जस्तै जोशीले पनि त्यति नै बिगो बापतको जमानत पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट