काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशभरीकै सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् ।
उनी काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट यादवलाई ४० हजार राशीको नगद पुरस्कार र प्रशंसापत्रसहित पुरस्कृत भइन् ।
नेपाल प्रहरीको विभागीय नीति निर्देशन र आदेशको परिपालना गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारीलाई पुर्ण व्यावसायिक तवरले सम्पादन गरी लैङ्गिक हिंसा न्यूनीकरण एंव लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन, उल्लेखनीय योगदान तथा प्रेरणादायी भुमिका निर्वाह गर्दै यादव सर्वोत्कृष्ट प्रहरी बनेकी हुन् ।
त्यस्तै, प्रहरी चौकी बालकोट अर्घाखाँचीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्री द्वितीय भएकी छन् । ३० हजार नगद पुरस्कार पाइन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत रहेकी प्रहरी हवल्दार उमा तामाङ्ग तृतीय भएकी छन् । उनी २० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र सहित सम्मानित भइन् ।
त्यस्तै, प्रहरी नायब निरिक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाई सर्वोत्कृष्ट प्रहरीमा सान्त्वना बने ।
उनीहरुले नगद १० हजार सहित पुरष्कार पाए ।
प्रतिक्रिया दिनुहोस