२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘झरीपछिको इन्द्रेणी’: जेनजी पुस्ताको संघर्षलाई केन्द्रमा राखेर निर्मित चलचित्रको ट्रेलर सार्वजनिक

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ ।

चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी पुस्ताले गर्ने सङ्घर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाएको बताए । उनले भने, “हामीले एउटा नागरिकले सोच्ने एङ्गलबाट कथा तयार पारेर चलचित्र तयार गरेका थियौँ । पछिल्लो समय देशको घटनाक्रमसँग मिल्दो देखिएको छ । सायद, यो देशप्रति नागरिकको सोच मिलेको हुनसक्छ । हामीले देशमा परिवर्तन हुनु अगाडि नै चलचित्रको लगभग छायाङ्कन सकाएका थियौँ ।”

उनले भ्रष्टाचार र बेथिति विरुद्धको आवाजलाई चलचित्रकर्मीले आफ्नो कलाकारितामार्फत बुलन्द बनाउनुपर्नेमा जोड दिए । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्थालाई चित्रण गरेको बताए । “मैले चलचित्रमा काम गर्नुको कारण नै यसको विषयवस्तु हो । आम नागरिकको कथामा बनेको चलचित्रलाई एउटा कलाकारले कलाको माध्यमले न्याय दिनुपर्छ भन्ने लागेर काम गरेका छौँ । यसको कथा र पात्रसँग दर्शक सहजै जोडिनुहुन्छ”, उनले भने।

आगामी पुस ४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा निर्देशक घिमिरेको कथा, गणेश कार्की तथा विशाल घिमिरेको पटकथा, बुद्ध थापाको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ