काठमाडौँ। करिब ३२ वर्षदेखि सौन्दर्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको गुरूङ्ग ब्युटी पार्लर तथा ब्युटी एकेडेमी अब काठमाडौंमा विस्तार भएको छ।
देशका विभिन्न स्थानमा शाखा सफलतापूर्वक सञ्चालन गर्दै आएको यस संस्थाले कुमारीपाटी, काठमाडौँमा नयाँ शाखा खोल्दै राजधानीका ग्राहकलाई सहज, गुणस्तरीय र व्यावसायिक सौन्दर्य सेवा प्रदान गर्न थालेको छ।

सन् १९९५ मा स्थापना भएको गुरूङ्ग ब्युटी एकेडेमीले सौन्दर्य सेवा तथा प्रशिक्षण क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउँदै आएको छ। यस संस्थाले देशभरका सयौँ विद्यार्थीलाई दक्ष र सीपयुक्त बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी व्यावसायिक सिर्जना गर्न सफल भएको छ।
संस्थाले तालिमका लागि विविध पाठ्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा ब्युटिसियन कोर्स, मेकअप आर्टिस्ट्री, कोस्मेटोलोजी, वार्मेज, एस्थेटिक, हेयर टेक्नोलोजी, न्यानोप्लास्टिक, केराटिन तथा धेरै व्यावसायिक सौन्दर्य प्रशिक्षणहरू समावेश छन्। प्रशिक्षकहरू अनुभवी तथा अन्तर्राष्ट्रिय स्तरका मार्गदर्शक भएकाले यहाँबाट पास गरेका विद्यार्थीहरू छिट्टै रोजगारी र अवसर पाउन सफल हुने गरेका छन्।

नयाँ शाखामा उपलब्ध सेवामा जेल–नेल एक्सटेन्सन, रिफिल, रिमुभ, आइल्यास एक्सटेन्सन, थ्रेडिङ, आइब्रो वाक्स, माइक्रोब्लेडिङ, माइक्रोसिडिङ, फूलबडी वाक्सिङ, पील ब्लसिङ्ग, मेकअप तथा हेयर स्टाइल, मेनिक्योर–पेडिक्योर, हाइड्राफेसियल, बिबि ग्लो, कार्बन लेजर, हेयर बटक्स, केराटिन, न्यानोप्लास्टिक, स्पा, हेयर रिबोन्डिङ्ग लगायतका सेवा समावेश छन्।

ग्राहकमैत्री वातावरण, अत्याधुनिक उपकरण र व्यावसायिक जनशक्तीमार्फत गुणस्तरीय सेवा प्रदान गर्न संस्थाले प्रतिवद्धता व्यक्त गरेको छ।
गुरूङ्ग ब्युटी पार्लर तथा ब्युटी एकेडेमीका लागि ९८४९५४२४२१ र ९८५१०४२३४२ फोन नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस