काठमाडौँ /प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदाम्बेले अबदेखि सदनमा प्रधानमन्त्री खोज्ने कार्य नगर्ने बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै आङदाम्बेले प्रधानमन्त्री खोज्दाखोज्दै आफूहरू हैरान भएको उल्लेख गरे ।
उनले अब उप्रान्त सदनमा प्रधानमन्त्री नखोज्ने स्पष्ट पारे । ‘सदन सत्तापक्षलाई होइन, प्रतिपक्षलाई पनि चाहिन्छ, त्यसैले हामी अब प्रधानमन्त्रीलाई नखोजी सदन सुचारु गर्ने मनसायमा पुगेका छौँ,’ उनले भने । आङदाम्बेले संसदलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिए।
प्रतिक्रिया दिनुहोस