काठमाडौ / प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङदम्बेले प्रतिनिधि सभाको बैठकमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो प्रसंग स्मरण गर्दै वर्तमान संसदीय अभ्यासप्रति प्रश्न उठाएका छन् ।
बैठकका क्रममा बोल्दै आङदम्बेले पूर्व प्रधानमन्त्री ओलीले एक समयमा संसदमा प्रयोग गरेको भनिएको ‘निम्छरो’ शब्दलाई लिएर भएको विवाद स्मरण गरे, उक्त अभिव्यक्तिपछि तत्कालीन सभामुखले संसदीय रेकर्डबाट उक्त शब्द हटाएको घटना उल्लेख गर्दै उनले त्यस समयको संसदीय कडाइलाई वर्तमान अवस्थासँग तुलना गरे ।
आङदम्बेले वर्तमान सभामुखप्रति प्रश्न गर्दै प्रधानमन्त्रीमाथि आवश्यक रुलिङ किन नभएको भन्दै आलोचना गरे । उनले सभामुखलाई लक्षित गर्दै भने–‘सभामुखज्यू, प्रधानमन्त्रीलाई रुलिङ गर्न किन सक्नुभएन?’ साथै उनले आफू अहिले सदनमै प्रत्यक्ष टिप्पणी नगरे पनि बाहिर भेट हुँदा यस विषयमा थप प्रश्न गर्ने संकेतसमेत गरे ।
प्रतिक्रिया दिनुहोस