काठमाडौं। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमण र त्यहाँको अभिव्यक्तिलाई लिएर टिप्पणी गरेका छन् ।
आङदम्बेले संसदमा बोल्दै नाम उल्लेख नगरी भने–‘कुनै समय टेलिभिजनको पर्दामा सीमाको विषयमा बाघजस्तै गर्जिनेहरू अहिले भारत जाँदा म्याउ मात्रै गरेर फर्किएछन्।’
सीमा मुद्दालाई लिएर सार्वजनिक रूपमा कडा अभिव्यक्ति दिने नेताले भारत भ्रमणका क्रममा सो विषयमा कुनै ठोस धारणा नदिएकोप्रति उनले प्रश्न उठाएका थिए । आङदम्बेले सीमा सम्बन्धी संवेदनशील विषयमा विदेश भ्रमणका क्रममा पनि स्पष्ट रूपमा आवाज उठाउनुपर्ने अपेक्षा रहे पनि लामिछानेले केही नबोलेकोमा आफुलाई दुःख लागेको बताए ।
प्रतिक्रिया दिनुहोस