काठमाडौं,/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओली ले संसदमा आफूले सनातनी राज्यको पक्षमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र बलात्कारसम्मका धम्की आएको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै ओलीले केही दिनअघि संसदमा नेपाललाई सनातनी राज्य बनाउनुपर्ने विषयमा आफ्नो धारणा राखेको स्मरण गराइन्। नेपालमा ठूलो संख्यामा सनातन धर्मावलम्बी बसोबास गर्ने भएकाले आफूले त्यस सम्बन्धी विचार व्यक्त गरेको उनको भनाइ थियो ।
ओलीले धर्मान्तरणको विषयमा पनि आफ्नो चिन्ता व्यक्त गर्दै आफू कुनै धर्म वा समुदायविरुद्ध नरहेको स्पष्ट पारिन्। ‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ, धर्मान्तरणको विरुद्ध बोलेकी थिएँ। म कुनै धर्मको विरोधमा छैन,’ उनले भनिन्।
उनले आफ्नो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा संगठित रूपमा गालीगलौज, चरित्रहत्या तथा ज्यान मार्ने र बलात्कारसम्मका धम्की आएको दाबी गर्दै यसप्रति संसद र सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। साथै, लोकतान्त्रिक व्यवस्थामा आफ्नो विचार राख्न पाउने संवैधानिक अधिकार सुरक्षित हुनुपर्ने उनको भनाइ थियो ।
लीले फरक विचार राखेकै आधारमा कसैलाई धम्की दिनु स्वीकार्य नहुने उल्लेख गर्दै यस्ता गतिविधिमाथि आवश्यक छानबिन र कारबाही हुनुपर्ने मागसमेत संसदमा गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस