२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्छ : प्रहरी महानिरीक्षक कार्की

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंको बौद्धमा पुननिर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै कार्कीले आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताए ।

उनले चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने देखिएको गुनासो गरे ।

नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागीताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ गर्दै अघि बढ्न निर्देशन दिए । आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भएतापनि अन्ततः शान्तिसुरक्षा कायम गर्न प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का सवैलाई भएको उनले बताए ।

जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालयको पुननिर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ