काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनी सोमबार आयोगमा पुगेर बयान दिने छन् ।
भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले उनलाई घटनाबारे बयानका लागि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस