२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खेलकुद क्षेत्रमा राजनीति हावी भयो, यसले समग्र खेलकुदमा असर परिरहेको छ : एनओसी अध्यक्ष श्रेष्ठ

सोमवार , पौष १४, २०८२

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा राजनीति हावी भएको बताएका छन् ।

सोमबार काठमाडौंमा एनओसीको २१ औं साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले खेल क्षेत्रमा राजनीति हावी भएका कारण अधिकांश विवादहरु अदालतमा पुगेको भन्दै यसले समग्र खेलकुदमा नै असर परिरहेको बताएका हुन् । एनओसीभित्र पनि अनावश्यक विवादका कारण आफ्नै घर हुँदा हुँदैपनि घरवारबिहीन हुनपुगेको उनले बताए ।

उनले नेपालको खेलकुलको बिकासका लागि प्रतिकुलताकाबीच पनि एनओसी सक्रिय भएर लागिरहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले नेपालमा ओलम्पिकलाई चिनाउने काम आफुहरुले गरेको दावी गर्दै अन्तराष्ट्रिय जगतले पनि नेपालको ओलम्पिकलाई सकारात्मक रुपमा हेरिरहेको बताए । उनले खेलकुद संघ आफैमा स्वायत्त संस्था भएपनि राखेपले अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप लगाए ।

उनले केहि व्यक्तिको स्वार्थका कारण ऐनले तोकेको चार बर्षमा संघको निर्वाचन हुन नदिने काम भएको जिकिर गरे । श्रेष्ठले एसियन गेम्समा सहभागीताका लागि समेत खेलकुद मन्त्रालयसंग छलफल गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ