२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दरबारमार्गमा 'ड्रिम स्किन नेपाल' को नयाँ आउटलेट भव्य रुपमा उद्घाटन

सोमवार , पौष १४, २०८२

काठमाडौं । कोरियन स्किन केयरको विश्वसनीय ब्रान्ड ड्रिम स्किन नेपालले काठमाडौंको दरबारमार्गमा नयाँ आउटलेटको भव्य उद्घाटन गरेको छ। सो अवसरमा Fynaza AccessoriesThe Fragrance Room को पनि औपचारिक सुरुवात गरिएको छ।

सोमबार भएको उद्घाटनमा नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए-योङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा विभिन्न उद्योगका प्रतिष्ठित व्यवसायी, सेलिब्रेटी, मिडिया प्रतिनिधि तथा ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै महामहिम राजदूत पार्कले नेपालमा कोरियाली उत्पादनहरूको बढ्दो लोकप्रियताप्रति खुशी व्यक्त गर्दै भविष्यमा नेपाल(कोरिया बीच व्यापारिक सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

ड्रिम स्किन नेपालका निर्देशक दिलीप कुमार यादवले कम्पनीले शतप्रतिशत अथेन्टिक कोरियाली स्किनकेयर, हेयरकेयर र कस्मेटिक उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

उनले भने, “आज ड्रिम स्किनको नयाँ आउटलेटसँगै हामीले Fynaza AccessoriesThe Fragrance Room को पनि उद्घाटन गरेका छौं। यहाँ ग्राहकहरूले आकर्षक ज्वेलरी तथा उच्च गुणस्तरका परफ्युमहरू पाउन सक्नुहुनेछ। भविष्यमा हामी हाम्रा ब्रान्ड र उत्पादनहरूको दायरा अझ फराकिलो बनाउने योजना गर्दैछौँ।”

छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल ड्रिम स्किनले गुणस्तरीय कोरियाली उत्पादनमार्फत नेपाली उपभोक्तालाई स्किनकेयरको सुविधा प्रदान गर्दै आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ