२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ : मन्त्री खरेल

शनिवार , पौष १९, २०८२

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उनले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताए ।

उनले पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा राम्रो रहेको बताए । पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उनको भनाइ थियो । उनले भने, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पुर्‍याउन जरुरी छ ।”

निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराएका थिए । मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा जाँदा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गरेका छन् ।

ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको उनको भनाइ थियो । सोही क्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी मन्त्री खरेलले टेलिभिजनका तर्फबाट गर्न सक्ने सहयोगका लागि निर्देशन दिए।

ढकालले आफू टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै नेपाल टेलिभिजनमा स्थायित्व हुने गरी रोजगारको सुनिश्चितता गरिदिन मन्त्री खरेललाई अनुरोध गरेका थिए ।

पत्रकार ढकाल गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा परी घाइते ढकालको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको छ । उनी विगत तीन महिनादेखि उपचारकै क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट