२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महिला क्रिकेट विश्वकप ग्लोबल छनोट अन्तर्गत थाइल्यान्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेपालले पहिलोपटक आयोजना गरेको महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलअन्तर्गत थाइल्यान्डविरुद्धको उद्घाटन खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ ।कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्यान्डले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्वकप खेल्ने रहेको छ । त्यसैले नेपाल आज जित निकल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । त्यसो त थाइल्यान्डलाई हराउन नेपाललाई सहज भने हुनेछैन । थाइल्यान्ड नेपालभन्दा बलियो टिम हो ।

थाइल्यान्डले महिला टी–२० विश्वकप खेलिसकेको छ । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष तीनमा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष चारमा पर्नुपर्नेछ । शीर्ष चारमा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ