काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।
अफवाह फैलाएको आरोपमा हिजो (सोमबार) पोखराबाट पक्राउ परेका प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको हो ।
उनलाई बयान पछि आज आफन्तको जिम्मा लगाइएको हो । उनले निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्ष (गगन थापा) लाई वैधता दिएको आरोप लगाएका थिए ।
त्यसपछि निर्वाचन आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस