२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौंमा महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

बिहिवार , माघ ८, २०८२

काठमाडौं । काठमाडौंमा भइरहेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो दोस्रो खेल आज नेदरल्यान्ड्ससँग खेल्दै छ।

समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ।

आईसीसी महिला टी(२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा रहेको छ भने नेपाल २१औं स्थानमा छ। यी दुई टोलीबीचको इतिहासमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दा ३ वटै खेलमा हार बेहोरेको छ।

समूह चरणबाट अगाडि बढ्न नेपालले बाँकी ३ खेलमध्ये कम्तीमा २ खेल जित्नुपर्ने चुनौती रहेको छ। नेदरल्यान्ड्सले भने अब एक जीत मात्र हासिल गरेमा अघिल्लो चरणमा प्रवेश पाउनेछ।

नेपालको टोलीः इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी, र राजमती ऐरी।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ