२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

अस्पतालले भन्योः लामिछानेको स्वास्थ्य सुधारोन्मुख, सञ्जालमा आएका फोटो फेक

बुधवार , माघ १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि समस्या निको नभएपछि खुट्टामा सेलुलाइटिस देखिएको र माघ १३ गते शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईंका अनुसार लामिछानेको नशामार्फत आईभी एन्टिबायोटिक दिएर उपचार भइरहेको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरहरू शिक्षण अस्पतालसँग सम्बन्धित नभएको स्पष्ट पार्दै अस्पतालले यस्ता भ्रामक सूचनामा नपर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट