२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नेपाली कांग्रेसका पूर्व सांसदहरूको सर्वोच्च भेटघाट कार्यक्रम अन्तिम समयमा स्थगित

बिहिवार , माघ १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेपछि अन्तिम समयमा स्थगित भएको हो।

कांग्रेसले जारी गरेको सूचनामा ‘विशेष कारण’ले कार्यक्रम स्थगित भएको उल्लेख गरिएको छ। सूचनामा भनिएको छ, “डिलेकेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ।”

विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीश राउतको सचिवालयले फोन गरेर भेटघाट स्थगित भएको जानकारी दिएका हुन्।

घिमिरे नेतृत्वको टोली बिहान १०ः३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम तय गरिएको थियो। कांग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन्, तर सर्वोच्च अदालतले अहिलेसम्म सुनुवाइ सुरु गरेको छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट