२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

भारत सरकारद्वारा दोस्रो चरणमा नेपाललाई २ सय २० वटा गाडी सहयोग

बिहिवार , माघ १५, २०८२

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी साधनहरु प्रदान गरेको छ ।

निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरु हस्तान्तरण गरेको हो ।

बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरुको साँचो हस्तान्तरण गरेका थिए । अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधान सहयोग गरेको जानकारी दिए । भारतले उपलव्ध गराउने करिव ६५० वटा बिभिन्न किसिमका सवारी साधानमध्ये बिहीबार दोस्रो लटमा करिव २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए ।

यसपछि बाँकी रहेका सवारी साधानका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरु समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केहि दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधान नेपाललाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट