logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ‘रियल हिरो’ को सम्मान लिँदै पलले भने, ‘सम्मान पाउन र देखाउनका लागि काम गरेको होइन’

    ‘रियल हिरो’ को सम्मान लिँदै पलले भने, ‘सम्मान पाउन र देखाउनका लागि काम गरेको होइन’

    5.5K
    Shares

    काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका अभिनेता पाल शाहले आफूले सम्मान पाउनकै लागि काम नगरेको स्पष्ट पारेका छन् ।

    फिल्मकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ ले अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’ को उपाधिबाट सम्मान गरेको छ । सोही सम्मान ग्रहण गर्दै अभिनेता शाहले भने, ‘मैले सम्मान पाउँछु भनेर काम गरेको होइन, कतिपयले फोटो/भिडियो किन हाल्छस् भन्नुहुन्छ, तर त्यो देखाउनका लागि होइन, इन्स्पाएर गर्नका लागि हो । मैले पनि गरेँ, तपाई पनि गर्नुस् भन्नका लागि हो ।’ 

    सोमबार एक कार्यक्रमका बीच उनलाई उक्त उपाधि प्रदान गरिए पनि राहत वितरणका लागि राजधानी बाहिर भएकाले पल सम्मान कार्यक्रममा उपस्थित हुन पाएका थिएनन् ।

    मंगलवार एक कार्यक्रमका बीच रजतपट कोशेलीका प्रकाश सुवेदी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले पललाई सात केजीको माला लगाएर सम्मान पत्र प्रदान गरे । गत वर्षदेखि सक्रिय रुपमा सामाजिक कार्यमा लागेका उनले कोरोना पीडितदेखि बाढी पीडितसम्मलाई सहयोग गरेका छन् । सोही सामाजिक कामका लागि उनलाई ‘रियल हिरो’ को उपाधि प्रदान गरिएको हो ।

    सम्मान योग्य सम्झिनेहरु सबैलाई धन्यवाद दिँदै यो सम्मानले थप राम्रो काम गर्ने जोश आएको र अझै सामाजिक काम गर्ने जिम्मेवारी थपिएको सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।

    त्यस्तै सोमबार पक्राउ परेका हाम्रो टिम नेपालका सदस्यलाई रिहाइको माग गर्दै पलले राज्यको यसप्रकारको व्यवहारले राम्रो काम गर्न चाहनेहरु निरुत्साहित हुने बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend