२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

उज्यालो नेपालका उम्मेदवार कँडेल मैदानमा सक्रिय बन्दै, चुनावी माहोल तातिँदै

शनिवार , माघ १७, २०८२

नवलपरासी । नवलपरासी पश्चिम–१ मा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। उज्यालो नेपालका उम्मेदवार विजय कँडेल चुनावी मैदानमा सक्रिय भएसँगै यहाँको चुनावी समीकरण परिवर्तन हुँदै गएको देखिएको छ।

पछिल्ला दुई सातामा कँडेल सहभागी भएका चुनावी सभामा औसत १ हजार ५ सयभन्दा बढी स्थानीयको सहभागिता रहेको अभियान पक्षको दाबी छ। सामाजिक सञ्जालमा कँडेलसँग सम्बन्धित सामग्रीको पहुँच अन्य उम्मेदवारको तुलनामा बढ्दो क्रममा रहेको जनाइएको छ। विशेषगरी १८ देखि ४० वर्ष उमेर समूहका मतदातामाझ उनको सक्रियताले ध्यान तानेको देखिन्छ।

यस क्षेत्रलाई सुरुमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विक्रम खनालबीचको मुख्य प्रतिस्पर्धाका रूपमा हेरिँदै आएको थियो। तर पछिल्ला दिनमा तेस्रो उम्मेदवारको रूपमा कँडेलको उपस्थितिले चुनावी प्रतिस्पर्धा त्रिकोणात्मक बन्दै गएको छ।

स्थानीय तहमा गरिएको अनौपचारिक मूल्याङ्कनअनुसार करिब ३५ प्रतिशत मतदाता अझै अनिर्णीत अवस्थामा रहेका छन्। यसले परम्परागत दलप्रतिको भरोसा कमजोर हुँदै गएको संकेत गर्ने विश्लेषकहरूको भनाइ छ।

उज्यालो नेपालले सार्वजनिक गरेको विवरणअनुसार कँडेलको चुनावी अभियानमा संलग्न ६० प्रतिशतभन्दा बढी स्वयंसेवक राजनीति बाहिरका, पहिलोपटक सक्रिय भएका युवा र पेशाकर्मी रहेको दाबी गरिएको छ।

चुनावी अभियान तीव्र बन्दै जाँदा बर्दघाट–सुस्ता पश्चिममा आगामी निर्वाचन कसको पक्षमा मोडिन्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट