आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

निमोनिया देखिएपछि बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना 

निमोनिया देखिएपछि बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना 

बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । 

निमोनिया भएपछि उनलाई मंगलबार मुम्बईको खार हिन्दुजा अस्पतालमा भर्ना गरिएको परिवारले बताएको छ । ७० वर्षिय शाहको फोक्सोमा निमोनियाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

सयभन्दा धेरै चलचित्रमा काम गरिसकेका उनले तीन राष्ट्रिय पुरस्कार पाएका छन् ।

हिन्दुजा अस्पतालकै आइसीयूमा अभिनेता दिलीप कुमारको पनि उपचार भइरहेको छ । झण्डै १० दिनअघि अस्पतालबाट डिस्जार्च भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend