२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यमा आज पनि भारी गिरावट, तोलामा १३ हजार ४०० ले घट्यो

सोमवार , माघ १९, २०८२

काठमाडौं । पछिल्लो केही दिन यता सुनचाँदीको मूल्य घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ । आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो ।

बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो।

यसैगरी आज चाँदीको मूल्य घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट