२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पुस महिनाको मुद्रास्फीति २.४२ प्रतिशत

सोमवार , माघ १९, २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ ।

राष्ट्र बैंकका अनुसार गत पुस महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः सात दशमलव ६७ प्रतिशत र चार दशमलव १९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनाको औसत मुद्रास्फीति एक दशमलव ७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ९७ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव २० प्रतिशत, घ्यू तथा तेलको चार दशमलव ९६, र गैर–मदिराजन्य पेयपदार्थको तीन दशमलव ०४ प्रतिशतले बढेको छ । दाल तथा गेडाँगुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ५२, मरमसलाको तीन दशमलव ९२ र खाद्य तथा खाद्यजन्य पदार्थको तीन दशमलव ७० प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१ दशमलव ७५ प्रतिशतले बढेको छ । यस्तै, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेयपदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ५७ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५, मधेस प्रदेशको तीन दशमलव ३७, बागमती प्रदेशको दुई दशमलव १०, गण्डकी प्रदेशको एक दशमलव ७६, लुम्बिनी प्रदेशको दुई दशमलव ६२, कर्णाली प्रदेशको एक दशमलव ०८ र सुदूरपश्चिम प्रदेशको एक दशमलव २७ प्रतिशत रहेको छ । यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ४८, तराईको दुई दशमलव ६५, पहाडको एक दशमलव ९४ र हिमालको दुई दशमलव ६६ प्रतिशत रहेको छ ।

गत पुस महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव १७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ०१ प्रतिशत रहेको थियो । उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति दुई दशमलव ५८ प्रतिशत रहेकोछ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः सात दशमलव ०७ प्रतिशत र दुई ५८ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क तीन दशमलव ४८ प्रतिशतले बढेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट