काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ कर्मचारी पक्राउ परेका छन् ।
मंगलबार बिहान विमानस्थलमा सरसफाइ गर्ने कर्मचारीलाई ४.४ ग्राम सुनसहित पक्राउ गरिएको हो ।
एसपी राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेमा डिकबहादुर राउत रहेका छन् । उनले डस्टबिनको प्लास्टिकसहित फोहोर उठाएको र शंका लागेर स्क्रिनिङ गर्दा सुन भेटिएको थियो ।
उनलाई अनुसन्धानका लागि विमानस्थलको भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस