२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेयर बजारमा सुधार, कारोबार रकम पनि बढ्यो

बिहिवार , माघ २२, २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उत्साहजनक देखिएको छ। नेप्से परिसूचक २७।१९ अंकले उकालो लाग्दै २७०८.७० बिन्दुमा पुगेर बन्द भएको हो। यो वृद्धि अघिल्लो दिनको तुलनामा १.०१ प्रतिशत हो।

यसदिन बजारसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखियो। अघिल्लो साता लगातार १० अर्ब रुपैयाँभन्दा माथि कारोबार भए पनि चालु साताको सुरुआती दिनहरूमा कारोबार सुस्त थियो। तर, साताको अन्तिम दिन भने १० अर्ब नाघ्दै सेयर कारोबार ११ अर्बभन्दा बढी पुगेको छ।

बुधबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर १ लाख ८ हजार ८१७ पटक किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ पुगेको छ।

कारोबारका क्रममा २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीका सेयर घटेका छन्। ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। यसदिन कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो र मोदी इनर्जीका सेयरमा सकारात्मक सर्किट लागेको छ। यद्यपि, सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले भने करिब ९.९८ प्रतिशतको घाटा व्यहोर्नुपरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ