२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

धनगढीबाट औपचारिक रूपमा चुनावी सभा सुरु गर्दै रास्वपा, बालेन र रविले सम्बोधन गर्ने

बुधवार , माघ २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको केन्द्रित चुनावी अभियान धनगढीबाट सुरु गर्ने भएको छ। पार्टीले जनसहभागितासहितको विशाल प्रदर्शन र सभामार्फत आफ्नो चुनावी यात्रा औपचारिक रूपमा सुरु गर्न लागेको हो।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार कैलालीको धनगढीस्थित पशुपति टोल (महोत्सव स्थल)मा फागुन ६ गते आयोजना हुने उक्त सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह संयुक्त रूपमा सहभागी भई जनसम्बोधन गर्ने कार्यक्रम तय छ। यसअघि अलग–अलग अभियानमा सक्रिय देखिएका दुवै नेताको साझा मञ्चमा उपस्थिति रास्वपाको नयाँ चुनावी रणनीतिका रूपमा हेरिएको छ।

पार्टीले निर्वाचनलाई लक्षित गर्दै प्रदेशस्तरीय रुपमा कम्तीमा सात स्थानमा ठूला सभा गर्ने तयारी गरेको छ। यद्यपि ती सभा कहाँ–कहाँ आयोजना हुनेछन् भन्ने विषयमा पार्टीले औपचारिक रूपमा जानकारी सार्वजनिक गरिसकेको छैन।

वरिष्ठ नेता बालेन शाह यसअघि कोशी प्रदेशका पहाडी जिल्लादेखि सुदूरपश्चिमसम्मको यात्रा गरिसकेका छन् भने हाल मधेस प्रदेशका विभिन्न जिल्लामा पार्टी सन्देश फैलाउने अभियानमा जुटिरहेका छन्। धनगढीबाट सुरु हुने संयुक्त सभालाई रास्वपाले चुनावी माहोल तताउने महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट