काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफुमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले तारिक बुझ्न आफु बिभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफुमाथि न्याय गर्ने विश्वास व्यक्त गरेका छन् ।
सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफुले सदैव सम्मान गर्ने उनले बताए ।
उनले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले आफुले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको धारणा राखे ।
सभापति लामिछानेले आफुहरु कानुनी राज्य स्थापीत गर्न हिँडेकाले कानुनी प्रक्रियालाई राम्रोसंग बहन गर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस