२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

भुटेको मकै खाएर रुकुमपूर्वको लावाङबाट प्रचण्डले सुरु गरे चुनावी अभियान

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चुनावी अभियान रुकुमपूर्वको लावाङबाट औपचारिक रूपमा सुरु गरेका छन्।

प्रचण्डले स्थानीय परिकार भुटेको मकै खाएर गाउँका बासिन्दासँग सिधा संवाद गर्दै चुनावी अभियानको शुरुआत गरेका हुन्।

उनले अभियान सुरु गर्नु अघि भूमे गाउँपालिका–७ लावाङमा पुगेर आफूले जनयुद्धका दिनहरू बिताएका पुराना घर र कोठाको अवलोकन गरेका थिए ।

उनको सचिवालयका अनुसार, प्रचण्ड फागुन ६ गतेसम्म रुकुमपूर्वका विभिन्न गाउँहरूमा सक्रिय रहनेछन्। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार बनेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट