२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

युवाहरूमा राष्ट्रसेवा, देशभक्ति जस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसिसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धन गर्नु सकारात्मक भएको बताएका छन् ।

एनसिसी युथ एक्सचेन्ज प्रोग्रामअन्तर्गतका सहभागीका लागि राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।

“यसले विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ, यसले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुण विकास तथा प्रवर्द्धनको काम गर्नु खुसीको विषय हो”, राष्ट्रपति पौडेलले भने ।

उनले यसप्रकारको युवा आदानप्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रका सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर प्राप्त गरेको बताए ।

नेपालका क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान, र माल्दिभ्समा आयोजित युवा आदानप्रदान कार्यक्रममा भाग लिई आफूलाई थप विकास गर्ने अवसर पाएको तथा यस्ता कार्यक्रमबाट एकआपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे बुझ्न र जान्न सकिने उनको भनाइ थियो ।

“यस युवा आदानप्रदान कार्यक्रमले हामी बिचमा रहेका सम्बन्धलाई थप सुमधुर बनाउँदै विश्व नै एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्नेछ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट