२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नवलपरासी-१ : उनेपा उम्मेदवार विजय कंडेललाई युवाहरूको साथ, नेवि संघका दुई जना जिल्ला सदस्य उनेपा प्रवेश

शुक्रवार , फाल्गुण १, २०८२

नवलपरासी । नवलपरासी क्षेत्र नं. १ मा युवाहरूले उज्यालो नेपाल पार्टीका विजय कंडेललाई साथ दिने घोषणा गरेका छन्। पछिल्लो समय क्षेत्रमा कंडेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको देखिएको छ, जसलाई आगामी राजनीतिक समीकरणका लागि अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, नेपाल विद्यार्थी संघ (नेवि संघ) का जिल्ला सदस्य मिलन भण्डारी र भारत काफ्ले उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टीका स्थानीय नेताहरूले स्वागत गर्दै नयाँ जिम्मेवारीसहित अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै भण्डारी र काफ्लेले देशमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको भन्दै उज्यालो नेपाल पार्टीमार्फत सक्रिय राजनीति गर्ने बताए। उनीहरूले युवाका मुद्दा, विकास र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए।

यस घटनालाई नवलपरासी–१ को राजनीतिमा नयाँ संकेतका रूपमा हेरिएको छ। युवाहरूको समर्थन र नयाँ सदस्यहरूको प्रवेशले उज्यालो नेपाल पार्टीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट