२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थीति सिर्जना भयो : उपेन्द्र यादव

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थीति सिर्जना भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंको राष्ट्रिय प्रेस क्लवमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विगतमा सरकार सम्हालेर दुई तिहाई दावी गर्ने दलहरुको असफलता, अकर्मण्यता र अदुरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थीति सिर्जना भएको र ८४ को निर्वाचन ८२ मा गर्ने अवस्था बनेको आरोप लगाएका हुन् । जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरूलाई हल गरेर चूनाव गरेको भए आगामी संसद थप प्रभावकारी हुने भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

यादवले जेजस्तो परिस्थीति भएपनि चूनाव नजिकिदै गएकाले मुलुक र जनताको समस्या हल हुने गरि अघि बढ्नुपर्नेमा जोड दिए ।

मुलुकमा लोकतन्त्र जोगिएपनि संविधानमा संघीयताको संरचना अझै पनि मिल्न नसकेको उनले बताए । उनले अब शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राखे ।

उनले निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणा पत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरवलोकन आयोग गठन गरिने देखि स्वदेशमा नै रोजगारी, निशुल्क स्वास्थ्य, शिक्षा, सम्पती छानविन लगाएतका बिषयमालाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट