काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत सोमबारदेखि गिरावट आइरहेको सुनको मूल्यमा आज एकैदिन चार हजार तीन सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला एक सय ८० रूपैयाँले चाँदीको मूल्य बढेको हो। बुधबार तोलामा चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस