२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित विस्तार

आइतवार , फाल्गुण १०, २०८२

भक्तपुर । कजारिया रमेश टाइल्स लिमिटेड, प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले इटापाको, सल्लाघारी, भक्तपुरमा आफ्नो नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ।

उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्स द्वारा सञ्चालन गरिएको हो र फाल्गुन ९, २०८२ देखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ।

उद्घाटन समारोहमा कजारियाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपाली बजारप्रतिको कम्पनीको प्रतिबद्धता र गुणस्तरप्रतिको समर्पणलाई स्पष्ट पारेको थियो। रिबन काटेर सम्पन्न गरिएको उद्घाटनले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल्स समाधान उपलब्ध गराउने नयाँ यात्राको सुरुवात गरेको संकेत गरेको छ। कार्यक्रमलाई अझ विशेष बनाउँदै मिस वर्ल्ड नेपाल २०२४, आश्मा केसी को गरिमामय उपस्थितिले समारोहमा आकर्षण र शोभा थपेको थियो।

उक्त अवसरमा कजारियाका प्रतिनिधिले भने, “कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ। यो नयाँ सल्लाघारी शोरूममार्फत हामी हाम्रो उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुर्याउँदैछौँ। नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ।”

नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ। यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको कजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ