२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अनुपम फुडल्याण्डको पहिचान : गुणस्तरीय खाना र उत्कृष्ट व्यवस्थापन

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट धेरैको लागि परिचित नाम हो। राजनीतिक दलका सभा–भेटघाटदेखि विभिन्न विशेष कार्यक्रमसम्म, चर्चित व्यक्तिहरूले प्राथमिकता दिने यस बैंक्वेटले आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ।

खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै, अनुपम फुडल्याण्डले आइएसओ (ISO) प्रमाणपत्र समेत प्राप्त गरेको छ। यो बैंक्वेटहरूमध्ये विरलै पाइएको उपलब्धि हो । यहाँ विभिन्न देशका परिकारसहित मल्टि–क्युजिन रेस्टुरेन्ट पनि सञ्चालनमा छ।

३२ रोपनी क्षेत्रफलमा फैलिएको अनुपम फुडल्याण्डको गुणस्तरीय खाना र उत्कृष्ट व्यवस्थापन नै ग्राहकको मुख्य रोजाइको कारण हुन्। यहाँ साना देखि ठूला इभेन्टका लागि ६ भन्दा बढी हल उपलब्ध छन्, जसमा एक हजारभन्दा बढी सवारी पार्किङ सुविधा समेत छ। सानो कार्यक्रम होस् वा भव्य समारोह, यहाँका हलहरू आकर्षक र सुव्यवस्थित छन्। यस बैंक्वेटले ११ वर्षको यात्रामा, हजारौं–हजार कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

ग्राहकको रोजाइमा किन अनुपम नै पर्छ त ? भन्ने जिज्ञासामा, अपरेशन म्यानेजर राकेश विष्ट भन्छन्, “यहाँको वान–स्टप सोलुसन नै ग्राहकको रोजाइको मुख्य कारण हो। जस अन्तर्गत थिम आधारित विवाह, सजावट, डीजे र लाइभ म्युजिक सेवा, शटल सेवा, प्रोफेशनल बाजा, कस्टमाइज्ड फोटोग्राफी आदि सबै सुविधा उपलब्ध छन्। इभेन्टमा चाहिने सम्पूर्ण सेवा सुविधा हामीले ग्राहकलाई दिँदै आएका छौँ ।”

कार्यक्रमका लागि ग्राहकले चाहेको थिम र सजावटलाई ध्यानमा राखी, अनुपमले हलहरू छिटो, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउँछ। त्यस्तै, यादगार क्षण र भावनालाई कैद गर्नका लागि यहाँ इन–हाउस फोटोग्राफीको सेवा पनि छ।

समयक्रम अनुसार आइरहेका नयाँ ट्रेन्ड सबैभन्दा पहिले यहाँ भित्र्याइन्छ जसको कारणले पनि अनुपम अरू इभेन्ट कम्पनीभन्दा फरक छ भन्न सकिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट