logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • ओलीलाई राष्ट्रियता विरोधी प्रमाणित गर्न पूर्वप्रमहरुलाई खिमलाल भट्टराईको चुनौती

    ओलीलाई राष्ट्रियता विरोधी प्रमाणित गर्न पूर्वप्रमहरुलाई खिमलाल भट्टराईको चुनौती

    2.2K
    Shares

    काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् ।

    राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रियसभा सदस्य बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् ।

    वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ गरे ।

    उनले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संबैधानिक भएको जिकिर गरे । ‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र बैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ? प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ ।’

    उनले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो ? भनी प्रश्न गरे । उनले सरकार बनाईदिनुपर्‍यो भनेर अदालतमा मुद्दा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पूर्व प्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौती दिए ।

    उनले भने, ‘म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।’ उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend