२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्सेमा दुई दशमलव ४१ अङ्कको सुधार, घट्यो कारोबार

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा समान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ ।

आज ३२९ कम्पनीको एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ बराबरको कारोबार भएको छ । आइतबार रू छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको थियो ।

बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क शून्य दशमलव ९०, वित्त शून्य दशमलव ५६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन शून्य दशमलव ३५, जलविद्युत् शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ