२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

निर्वाचन आचारसंहिताको घेरामा होलीः मर्यादित र सुरक्षित रूपमा मनाउन प्रशासनको अपिल

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित तथा सुरक्षित ढंगले मनाउन सर्वसाधारणलाई सार्वजनिक अपिल गरेको छ ।

निर्वाचन आचारसंहिता तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस वर्षको होलीमा विभिन्न गतिविधिमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सार्वजनिक स्थानमा होहल्ला गर्ने, झै–झगडा गर्ने तथा मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादामा खलल पुर्‍याउने कार्य नगर्न आग्रह गरिएको छ । कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने वा जबरजस्ती गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

यस वर्षको होली निर्वाचन अवधिसँग जोडिएको भन्दै निर्वाचन आचारसंहिता पालनामा प्रशासनले विशेष जोड दिएको छ । सूचनाअनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न तथा तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रशासनले कसैलाई बाधा नपर्ने गरी आफ्नै घरको कम्पाउण्डभित्र परिवार तथा आफन्तजनसँग मात्रै होली मनाउन आग्रह गरेको छ । साथै खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्न, मेला–महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्न तथा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न रोक लगाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ