काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा निर्वाचनको मताधिकार प्रयोग गरेका छन् ।
चितवन–३ का मतदाता रहेका प्रचण्डले आज बिहान मतदान गरे । उनी बिहानै मतदानस्थल पुगेर अन्य मतदातासँग लाइनमा उभिएर आफ्नो पालो कुर्दै मतदान प्रक्रिया पूरा गरेका हुन् ।
प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्डले मतदानपछि आजै रुकुम पूर्वतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। यसरी उनी आफ्नो निर्वाचन क्षेत्रमा पनि मतदाता भेटघाट र प्रचारप्रसार गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस