चितवन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असहज परिस्थीमा गरिएको निर्वाचन सफल पार्ने सबैमा आग्रह गरेका छन् ।
जिम्मेवारी सबै थियो । मतदान गरेपछि आफु धेरै खुसी भएको बताए । भरतपुर महानगरपालिका वडा नम्बर १४ शान्तिपुरमा रहेको केन्द्रमा मतदान गरेपछि पत्रकारसंग कुराकानी गर्दै दाहालले निर्वाचनले मुलुकको स्थाथित्व गराउने विश्वास ब्यक्त गरे ।
‘निर्वाचनमा मतदान गर्दा सफलताको सन्निकटन पुगेका छो । म धेरै नै खुसी छु,’ उनले भने , ‘जनताको लागि , राष्ट्रको लागि र स्थायित्वको लागि समृद्धिको यात्रा सुरु गर्नको लागि यो निर्वाचन धेरै महत्वपूर्ण निर्वाचन हो । सामान्य मात्रै होईन असमान्य परिस्थितिमा भएको निर्वाचनबाट म निकै खुसी छु ।’
उनले निर्वाचनलाई उत्सवको रुपमा लिएर उत्साहको साथ भाग लिन अपिल गरे । निर्वाचनमा जति धेरै जनताको सहभागिता जति धेरै हुन्छ नतिजा पनि स्थायीत्व पनि स्थायीत्वको लागि त्यहीकै महत्वपूर्ण हुन्छ ।
निश्पक्ष, स्वच्छ र धाधलीरहित निर्वाचनबाट आएको नतिजाबाट देश अगाडी बढ्नुपर्नेमा आफुहरु लागेको बताए । नयाँ र पुरानो दलको भाष्य बनाइएको भन्दै उनले निर्वाचन सहि र गलतका बीचको प्रतिष्पर्धा हुनुपर्ने बताए ।
निर्वाचन प्रणाली अनुसार कुनै पनि दलको बहुमत नआउने दावि गरे । दाहाल चितवनबाट रुकुमपूर्व गएका छन् ।
प्रतिक्रिया दिनुहोस