२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

भरतपुर–१४ सुन्दरवस्तीबाट रेनुले गरिन् मतदान, कामबाट प्रमाणित प्रतिनिधि छान्न आग्रह

बिहिवार , फाल्गुण २१, २०८२

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की प्रतिनिधि सभा सदस्य उम्मेदवार रेनु दाहालले आज बिहान आफ्नो मताधिकार प्रयोग गरेकी छन् । उनले भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत विद्यालय, सुन्दरवस्ती मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले सम्पूर्ण मतदातालाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आह्वान गरिन् । उनले काम गर्न सक्ने र कामबाटै आफूलाई प्रमाणित गरिसकेका प्रतिनिधि छान्ने अवसर जनताको हातमा रहेको बताउँदै आफ्नो भाग्य र भविष्यको फैसला सुझबुझपूर्ण ढङ्गले गर्न आग्रह गरिन् ।

म जनताको मन र मुटुमा बसेकी छु, त्यसैले उहाँहरूको अमूल्य मत पनि मैले नै पाउनेमा म विश्वस्त छु, जितप्रति ढक्क रहँदै दाहालले भनिन्, विगतका काम र जनताको उत्साहले मेरो जित सुनिश्चित गरिसकेको छ ।

प्रतिनिधि सभाको यो आकस्मिक निर्वाचनमा रेनु दाहाल चितवनबाटै मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट