काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ मा मतदान गरेका छन् ।
थापाले मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । काठमाडौं–४ कांग्रेसले लामो समयदेखि लड्दै आएको क्षेत्र हो, तर यसपटक यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाइएको छ ।
सभापति थापा आफू सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकाले काठमाडौं–४ क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस