बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष बेपत्ता

माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष बेपत्ता

चितवन । चितवनमा माछा मार्न ह्युम पाइपभित्र पसेका एक पुरुष बेपत्ता भएका छन् । 

आइतबार बिहान भरतपुर महानगरपालिका ३ बाह्रघरेमा माछा मार्न ह्युम पाइपभित्र पसेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ सडकको नालाबाट नारायणी किनारामा ढल निकासको लागि गाडिएको ह्यूम पाईप भित्र पस्दा बेपत्ता भएका हुन् । 

माछा मार्न पसेका उनी बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले श्रेष्ठको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend