२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

​मुलुकको अस्थिरता अन्त्य गर्न सबै दल एक ठाउँमा उभिनुपर्छः डा. शेखर कोइराला

बिहिवार , फाल्गुण २१, २०८२

विराटनगर। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले मुलुकको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अस्थिरता अन्त्य गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

निर्वाचन पछिको राजनीतिक परिदृश्य र भावी सरकार गठनका विषयमा बोल्दै कोइरालाले अब पुराना वा नयाँ दल भनेर छुट्टिने समय नरहेको र सबै मिलेर देशलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिएका छन् ।

विराटनगरको आदर्श माविमा मतदान पछि पत्रकारसँग प्रतिक्रिया दिँदै कोइरालाले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई संविधान संशोधन र ऐन–नियम सुधार गर्ने एउटा महत्वपूर्ण सन्देशका रूपमा व्याख्या गरेका छन् ।

वर्तमान संविधानमा केही परिमार्जन आवश्यक रहेको औँल्याउँदै उनले यसका लागि सबै दलहरूबीच सहमति र सहकार्य अनिवार्य रहेको बताए। नेपाली कांग्रेस एउटा मध्यमार्गी पार्टी भएकाले सबैलाई समेटेर संविधान सुधारको नेतृत्व लिने सामर्थ्य कांग्रेससँगै छ, उनले भने ।

सत्ता समीकरणका सन्दर्भमा कुरा गर्दै नेता कोइरालाले अहिलेको परिस्थितिमा कुनै पनि दलको एकल सरकार बन्ने अवस्था नदेखिएको स्वीकार गरे । निर्वाचनपछि कुन दलले कति सिट हासिल गर्छ, त्यसैका आधारमा भावी सरकारको स्वरूप निर्धारण हुने उनको भनाइ छ ।

मुलुक अहिले कठिन मोडमा रहेको उल्लेख गर्दै उनले संसद्‌मा पुग्ने सबै जनप्रतिनिधिहरूले व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि उठेर देश निर्माणको दिशामा लाग्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट